आगामी निर्वाचनमा एमाले प्रथम शक्ति बन्छ : नेता रायमाझी

आगामी निर्वाचनमा एमाले प्रथम शक्ति बन्छ : नेता रायमाझी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सत्ताबाहिर भए पनि नेपाली राजनीतिको मूलधार एमाले भएको दावी गरेका छन् ।

नेकपा एमाले मकवानपुरको विस्तारित बैठकमा आज नेता रायमाझीले एमाले फेरि पनि राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित हुने जिकिर गरे । उनले एमालेले अँगालेको ‘समृद्ध नेपाल, सुखी नेपालीको’ नारा र त्यसका लागि अवलम्बन गरेको समाजवाद उन्मुख बाटोका कारण एमाले आगामी निर्वाचनमा समेत प्रथम शक्ति बन्ने बताए ।

नेता रायमाझीले केपी ओली नेतृत्वको सरकारले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि गरेको कामबाट देशीविदेशी शक्ति आत्तिएर नयाँ सरकार स्थापना गर्नेसम्मको हर्कत भएको आरोप लगाए । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन चाहनेले अझै पनि एमालेलाई प्रहार गरिरहेको उल्लेख गरे ।