एमाले नेताले दायर गरेको रिटको सुनुवाई न्यायाधीश खतवडाको इजलासमा

एमाले नेताले दायर गरेको रिटको सुनुवाई न्यायाधीश खतवडाको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार जना नेताहरुले दायर गरेको रिटकाे सुनुवाईका लागि पेसी तोकिएको छ । सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकेका हुन् ।

माओवादी केन्द्रले पदमुक्त गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले आफूहरू एमाले प्रवेश नगरेको भन्दै सांसद पद पुनर्बहाली हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनीहरू एमालेमा लागेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरूलाई सांसद पदबाट हटाएको थियो ।