कार्यदल बैठकपछि माधव पक्षका नेताले भनेः बैठक सकारात्मक भयो, भोलिदेखि पार्टी मिलाउन लाग्छौं

कार्यदल बैठकपछि माधव पक्षका नेताले भनेः बैठक सकारात्मक भयो, भोलिदेखि पार्टी मिलाउन लाग्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलको बैठक सकिएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको १० सदस्यीय कार्यदलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् ।

 बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले नेता भीम रावलले आजको बैठक सकारात्मक भएको भन्दै  अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने निर्णय भएको बताए । आजको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलको पुनरवलोकन गरिएको र भोलिदेखि पार्टी मिलाउन लागि पर्ने उनले बताए । ‘आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन गरियो । भोलिदेखि पार्टी मिलाउन लाग्छौं,’ उनले भने ।

कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट संयोजक भीम रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट, र रघुजी पन्त छन् ।