घनश्याम र प्रभु साहसहित को–को भए एमालेबाट आउट ?

घनश्याम र प्रभु साहसहित को–को भए एमालेबाट आउट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीका ४ जना नेता स्वतः निष्काशनमा परेका छन् । पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने तथा प्रस्ताव समर्थक बस्नेहरु स्वतः निष्कासित भएका हुन् ।

निष्काशित हुनेहरुमा एमालेको स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साह, कुन्दन कुशवाह र गंगा चौधरीले रहेका छन् । भुसालले रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने साहले रौतहटमा–३ मा उम्मेदवारी दिएका छन् ।

प्रभु साहले टिकट पाएता पनि उनले अन्तिममा आएर स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उनीहरुलाई सत्ता गठबन्धनले सघाउँदैछ । त्यस्तै कुशवाह रौतहट ३ मा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार छन् भने गंगा थारुले दाङ १ मा बागी दिएकी छन् ।

त्यस्तै रामवीर मानन्धरले काठमाण्डु ७ मा बागी उम्मेदवारी दिएका छन् भने योगेन्द्र शाहीले एमाले छाडेर माओवादीबाट दैलेखेका प्रदेश सभाको उम्मेदवारी दिएका छन् ।

नेतृत्वले टिकट नदिएपछि उनीहरुले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । उनीहरुको नाम पार्टीको अभिलेखबाटै हटाइने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।