काठमाण्डु – नेकपा एमालेले नयाँ मापदण्डसहित अन्तरपार्टी निर्देशन जारी गरेको छ । यसअघि महाधिवेशन प्रतिनिधिको चुनावमै केन्द्रित अन्तर पार्टी निर्देशन–१३ जारी गरिसकेको एमालेले यस सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरूपता कायम गर्न भन्दै पुनः १७ बुँदे अपानि–१४ जारी गरेको हो ।
२०७७ चैत मसान्तसम्मका पार्टी सदस्य मात्रै राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि मतदाता हुने अपानिमा उल्लेख गरिएको छ । साथै प्रतिनिधिहरुको निर्वाचन केन्द्रीय संगठन विभागबाट अभिलिखित पार्टी सदस्यताको विवरणको आधारमा गरिने छ । २०७८ कात्तिक २७ गते स्वदेश तथा प्रवासमा एकैसाथ प्रतिनिधि निर्वाचन गरिने छ ।
एउटा पार्टी सदस्यले एउटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधि चुन्ने/चुनिने अधिकार प्रयोग गर्न पाउने छ । पदेश प्रतिनिधि हुने पार्टी सदस्य प्रतिनिधि चयन प्रक्रियामा सहभागी नहुन अपानिमार्फत् निर्देशन दिइएको छ ।







प्रतिक्रिया