एमालेमा निर्वाचन आयोगले सुरु गर्यो निर्वाचन कार्यक्रम सार्वजनिक

एमालेमा निर्वाचन आयोगले सुरु गर्यो निर्वाचन कार्यक्रम सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष मण्डलको निर्णयअनुसार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अहिले मतदाता नामावली प्रकाशन गर्ने र साढे ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नाम टुंगो लगाउने तयारी गरेका छन् । यदी सहमति नभएको खण्डमा चुनावी प्रतिस्पर्धा गर्न चाहे प्रक्रियामा लैजाने एमालेको तयारी छ ।

उम्मेदवारको अन्तिम नामावली राति २: १० मा प्रकाशित गर्ने कार्यसूची छ । सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।