२ वर्षमा विद्युत् पहुँच सतप्रतिशत पुर्‍याउने एमालेको प्रतिबद्धता

२ वर्षमा विद्युत् पहुँच सतप्रतिशत पुर्‍याउने एमालेको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार घोषणापत्र सार्वजनिक गर्दै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको हो ।

जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ । त्यस्तै २ वर्षमा विद्युत्‌मा पहुँच हुने जनसंख्या सतप्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ।