एमालेसँग मात्र देश बनाउने भिजन छ : अध्यक्ष ओली

एमालेसँग मात्र देश बनाउने भिजन छ : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरे ।

‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो । फागुन ३ गतेसम्म सरकार बन्न दिइएन ।

निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो । अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्याऔं । तर त्यो टिकाउ भएन । जनताका काम गर्न व्यवधान कसले गरेको छ ? सबैले थाहा पाएका छन्,’ ओलीले भने ।

ओलीले एमाले फोड्न मध्यरातिसम्म संसद् बैठक राखेर अध्यादेश जारी गरिएको आरोप लगाए । एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्याई नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे ।

‘एमालेसँग मात्र देश बनाउने भिजन छ । काम गर्ने क्षमता छ । एमालेको सुदृढ बहुमतविना देशको विकास हुँदैन । सुशासन र विकासको बाटोमा एमालेले लैजान्छ । त्यसैले एमालेलाई बहुमत दिन आवश्यक छ । एमालेले जारी गरेको घोषणापत्र जनता अल्मल्याउन होइन, विकास गर्नका लागि हो । विकासका निम्ति प्रतिबद्ध छौं,’ उनले भने ।