प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी बालुवाटार पुगेका हुन् ।

अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल पनि छन् । बिहान बालकोटमा सचिवालय बैठक सकिए लगत्तै नेताहरु बालुवाटार पुगेका हुन् ।

वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बन्ने र आजै नयाँ मन्त्रिपरिषद् गठनको तयारी भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बनेकाे हाे । पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक-एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् । एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ ।