एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबारबाट ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ ।

आज साे प्रतिवेदनमाथि सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहले छलफल गर्ने र सुझाव पेस गर्नेछन् ।

समूहगत छलफलपछि उठेका प्रश्नको अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय कमिटी बैठक सम्पन्न हुनेछ ।