काठमाण्डु– एमाले नेता सुरेन्द्र पाण्डे र भिम आचार्य भारतको राजधानी नयां दिल्ली पुगेका छन् । भारतको एपोलो अस्पतालमा उपचार गरिरहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्न पाण्डे र आचार्य नेपाल एयरलाइन्सको विमानबाट शनिवार विहान ११ : ३० बजे नयां दिल्लीका लागी प्रस्थान गरेका हुन । उनिहरु दुवै जना खनालसंग निकट मानिन्छन् ।
एमाले विभाजनको संघारमा पुगेको बेला दुवै नेता पार्टी एकता हुनुपर्ने पक्षमा छन् । उनिहरु एमालेमा १० बुदे सहमती कार्यान्यन हुनुपर्ने भन्दै पार्टी एकतालाई जोगाउन क्रियासिल छन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी विभाजनको तयारी गरिरहेका बेला पाण्डे र आचार्य दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनिहरुले नेता खनालसंग छलफल गरेपछि मात्र निर्णय लिने बताइएको छ ।
नेता नेपाल नयां पार्टी गठनको तयारीमा लागेका बेला पाण्डे र आचार्यको दिल्ली भ्रमण भएको हो । नेपालले खनाल दिल्लीबाट फर्केपछि मात्र पार्टी विभाजनको निर्णय लिन लागेको स्रोतको दावी छ । त्योभन्दा पहिला नै खनाल निकट नेताहरुको भारत भ्रमण हुनुलाई महत्वका साथ हेरिएको छ ।




प्रतिक्रिया