एमालेका उपमहासचिव पौडेल र चौथाईवालेबीच भेटवार्ता

एमालेका उपमहासचिव पौडेल र चौथाईवालेबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ ।

काठमाण्डुको होटल मेरियटमा भएको भेटमा दुई पार्टीबीचको सम्बन्धलाई अझ मजबूत बनाउने विषयमा छलफल भएको थियो ।

यसअघि चौथाईवाले उपमहासचिव पौडेलकै निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए । अहिले भने उनि नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन ।

चौथाईवालेको नेपाल आगमनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसंग जोडेर हेरिएको छ ।