एमाले पोलिटब्यूरो बैठक जारी, विधान निर्माणमा लाग्न अध्यक्ष ओलीको निर्देशन

एमाले पोलिटब्यूरो बैठक जारी, विधान निर्माणमा लाग्न अध्यक्ष ओलीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को पोलिटब्यूरोको दोस्रो दिनको बैठक सुरु भएको छ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक जारी छ । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा शनिबार पनि छलफल भइरहेको छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबारदेखि सुरु भएको बैठकमा आठ जना सदस्यले भाग लिएका थिए। पहिलो दिन स्थायी कमिटी सदस्यहरू लालबाबु पण्डित, डा। राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले धारणा राखेका थिए ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव पोखरेलले पार्टीका संगठित सदस्य १५ प्रतिशतले बढेको र सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको दाबी गरेका थिए ।

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि आज सात जनाले आ–आफ्नो धारणा राख्नु भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

पोलिटब्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ।