काठमाण्डु – नेकपा (एमाले)ले शनिबार देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ ।
एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका क्रियाकलाप अघि बढाएको छ ।
एमालेले भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ ।
एमालेले यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिकामा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो ।
घोषित कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाण्डुमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएको एमालेले मंसिर २ गते बस्नेगरी विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएर संसद् पुनःस्थापना लगायत समसामयिक राजनीतिक विषयमा थप रणनीति तय गर्ने तयारीमा छ ।
सरकारले आगामी फागुन २१ गते चुनाव घोषणा गरेको छ । एमालेले भने प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनलाई असंवैधानिक दाबी गर्दै आएको छ ।




प्रतिक्रिया