काठमाण्डु – नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आज स्थगित गर्न माग गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण सांसदहरू उपस्थित हुन नसक्ने कारण देखाउँदै एमालेले बैठक रोक्न माग गरेको हो ।
एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज बन्द भएकोले सांसद आउन नसक्ने भएकाले बैठक स्थगित गर्न माग गरेको बताए । तर सत्तापक्षले भने आज बैठक गर्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छैन । आज मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।




प्रतिक्रिया