एमाले र प्रलोपाबिच चुनावी तालमेल, जनार्दन र सन्दीपलाई एमालेले सघाउने

एमाले र प्रलोपाबिच चुनावी तालमेल, जनार्दन र सन्दीपलाई एमालेले सघाउने


काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच चुनावी तालमेलको सहमति भएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा सोवद्वारा हस्ताक्षरित सहमतिपत्र अनुसार दुवै दलले निश्चित क्षेत्रहरूमा साझा उम्मेदवारलाई मतदान गर्ने भएका छन् ।

रुकुममा एमालेले ‘आँखा’ चिह्नलाई सघाउने सहमतिअनुसार पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनलाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । एमालेका कार्यकर्ता तथा शुभेच्छुकहरूले ती २ क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न ‘आँखा’मा मतदान गर्नेछन् ।

जनार्दन र सन्दीपलाई सघाएबापत प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका सबै जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई सघाउने भएको छ । ती क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका मतदाताले एमालेको चुनाव चिह्न ‘सूर्य’मा मतदान गर्ने सहमति भएको छ ।

तत्काल निर्देशन जारी दुवै पार्टीले सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आ–आफ्नो पार्टी पंक्तिलाई अविलम्ब निर्देशन दिने भएका छन् ।