प्रदेश नम्बर २ मा एमालेकाे अंकगणित : नेपाल समूह बलियो, संस्थापन पक्ष कमजोर

प्रदेश नम्बर २ मा एमालेकाे अंकगणित : नेपाल समूह बलियो, संस्थापन पक्ष कमजोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले विभाजन भएसँगै सांसदहरुको अंकगणित सुरु भएको छ । माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि नेकपा एमालेमा सांसदहरुको अंकगणित सुरु भएको हो । यससँगै प्रदेशमा पनि सांसदहरूकाे हिसाबकिताब सुरू भएकाे छ ।

प्रदेश नम्बर २ मा एमालेको संस्थापन पक्ष कमजोर देखिएको छ । प्रदेश नम्बर २को प्रदेशसभामा एमालेबाट २१ जना सांसद रहेकोमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा ८ जना मात्रै खुलेका छन् ।

नेपाल समूहका प्रदेश सांसद गोविन्द बहादुर न्यौपानेले दल दर्ता प्रक्रियामा रहेकाले आफूहरू पनि छलफल गरिरहेको बताए । उनले दल दर्ता भएको २१ दिनभित्र पार्टी रोज्न पाउने प्रावभान रहेकाले सोही अनुसार अगाडि बढ्ने बताए ।

‘दल दर्ता प्रक्रियामा छ । दर्ता भएको २१ दिनभित्र पार्टी रोज्न पाउने प्रावधान रहेकाले हामी आन्तरिक छलफलमा छौं । अहिलेलाई समाजवादीको पक्षमै छौं । केपी ओलीले पार्टी एकताका लागि आह्वान गरेर हाम्रा माग पूरा गर्नुभयो भने पुरानै पार्टीमा फर्किन सक्छौं । तर, एकताको नाटक गरे भने आउँदैनौं,’ सांसद न्यौपानेले भने ।

प्रदेश नम्बर २ मा एमाले समाजवादी पार्टीमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ रहेका छन् ।