सुदरपश्चिममा भीम रावल कमजोर हुंदै, नेपाल पक्षमा लागे बहुमत प्रदेश सांसद

सुदरपश्चिममा भीम रावल कमजोर हुंदै, नेपाल पक्षमा लागे बहुमत प्रदेश सांसद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – सुदुरपश्चिम प्रदेशका बहुमत सांसदहरुले नेकपा एमालेका उपाध्यक्ष भीम रावलको साथ छोडेका छन् । नेकपा एमालेबाट निर्वाचित सुदुरपश्चिम प्रदेश सभाका १० जना सांसदहरु नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् ।

माधव कुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीमा मंगलवार १० जना सांसदले सनाखत गरेका छन् । जसमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् । यद्यपी मंगलवार सनाखत गर्ने १० जना सांसदमध्ये ६ जना समानुपातिक हुन ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, सांसदहरु तारा लामा तामांग र अर्चना गहतराजले आजै हस्ताक्षर गर्ने भनिएपनि अन्तिममा उनिहरुले हस्ताक्षर गरेका छैनन । उनिहरुले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएको बताइको छ । तिनै जना सांसद बुधवार सनाखत गराउने तयारीमा छन् । तर, कतिपयले रावल धनगढी आउंन लागेकाले उनिहरु पछि हटेको बताइएको छ ।

एमालेको सुदुरपश्चिम प्रदेशमा २५ जना सांसद छन् । एमालेको विवादमा नेपाल पक्षमा यसअघि १७ सांसद उभिएका थिए । समाजवादीतिर लागेका १३ जना सांसदहरु उपाध्यक्ष रावल निकट सांसदहरु हुन । रावलले एमाले रोजेसंगै उनि निकट प्रदेश सांसदहरुले भने उनको साथ छोडेका छन् ।

माधव नेपाल समुहमा रहेका बेला नेता रावलको सुदुरपश्चिममा प्रभाव थियो । तर, एमाले विभाजन हुंदा उनले नेपाललाई साथ नदिएपछि उनी सुदुरपश्चिममा कमजोर बनेका हुन ।

नेपाल नेतृत्वमा लागेका पार्टीका सांसदहरुले भने सांसदहरुको संख्या अझै बढ्न सक्ने दावी गरेका छन् ।