काठमाण्डु – नेकपा एमालेले वार्षिक ५ लाख नागरिकलाई रोजगारी दिने घोषणा गरेको छ । मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्दै वार्षिक ५ लाख बेरोजगारीलाई रोजगार उपलब्ध गराउने घोषणा गरेको हो ।
सबैका लागि काम र नियमित कमाई सुनिश्चित गर्दै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने घोषणापत्रमा उल्लेख छ । न्यूनतम ज्याला २५ हजार कायम गर्ने एमालेको योजना छ ।
स्वदेशमा उत्पादन हुने वस्तुहरुको प्रोत्साहन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरिने घोषणापत्रमा उल्लेख छ ।




प्रतिक्रिया