जेनजी युवाकाे आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

जेनजी युवाकाे आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्नेछ । सचिवालय बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुनेछ ।

बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।

जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा गएका थिए। गत असोज २ गते मात्रै उनी ब्यारेकबाट फर्किएका हुन्।