काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। मंगलबार अपराह्न ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो।
बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुने बताइएको छ। सो छलफलपछि केन्द्रिय समितिको छलफलको एजेन्डा तय हुनेछ। एमालेको केन्द्रिय समिति बैठक बैशाख २८ देखी सुरु हुदैँछ।




प्रतिक्रिया