आज पनि एमालेले संसद अवरुद्ध गर्ने

आज पनि एमालेले संसद अवरुद्ध गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसद्को अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्ने भएको हो ।

लामो समयदेखि संसदमा गर्दै आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने ।

गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।