एमालेको नाराबाजीकाबीच अर्थमन्त्री शर्माकाे जवाफ: राष्ट्रघात भएको छैन

एमालेको नाराबाजीकाबीच अर्थमन्त्री शर्माकाे जवाफ: राष्ट्रघात भएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको हो । नेकपा एमालेले शर्माको राजीनामा माग्दै संसद बैठकमा नाराबाजी गरेको छ ।

एमालेका सांसद भानुभक्त ढकालले विगत ३ दिनदेखि प्रतिनिधि सभाको ध्यानाकर्षण गराइरहेको बताए । उनले भने, ‘अर्थमन्त्री बिचौलियाको चंगुलमा परेर करका दरहरू परिवर्तन गरेको र राष्ट्रघात गरेका कारणले राजीनामा दिनुपर्छ ।’

राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्दा अदालतले सफाई दिएपछि नै राजीनामा दिनुपर्नेमा त्यसपछि अर्थमन्त्री शर्मा झनै हौसिएको उनको दावी छ । ‘बिचौलियाहरूलाई करका दरहरू परिवर्तन गर्ने र राष्ट्रलाई आघात पार्ने जुन काम भएको छ । यो पछिल्लो गतिविधिबाट सरकारले अर्थमन्त्रीलाई हटाउन सकेको छैन । हामीलाई के संका लाग्छ भने अर्थमन्त्रीभन्दा माथि पनि यसका जराले धर गरेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौं ।’, उनले भने ।

नेकपा एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिएका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न नगराएको दावी गरेका छन् । ‘राजस्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रकृयाहरु छन् त्यसमा सम्बन्धित विभागिय प्रमुखहरु र सचिवहरु सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको छ। त्यसअनुसार भएका दररेटहरु प्रति म पूर्ण जिम्मेवार छु जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात भएको छ या कतै गद्दार भएको छ भने त्यसको सम्पूर्ण जिम्मेवारी लिन म तयार छु यहाँ कुनै राष्ट्रघात भएको छैन ।’, उनले भने ।