नेपाल पक्षका दुई जना सांसद मूलधारमा फर्किए, पाँच जनाले बुझाएनन् स्पष्टिकरण

नेपाल पक्षका दुई जना सांसद मूलधारमा फर्किए, पाँच जनाले बुझाएनन् स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल पक्षका दुई जना सांसद पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली समूहमा फर्किएका छन् ।

शुक्रबार बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री अ‍ोलीले सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको बताएका छन् ।

उनले अधिकांश सांसदले सकारात्मक ढंगले नै स्पष्टीकरण पेस गरेको जानकारी दिएका छन् ।

पाँच जना सांसदले भने स्पष्टीकरण पेश गरेका छैनन् । स्पष्टिकरण पेश नगर्नेमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी, निरा जैरु र दिपकप्रकाश भट्ट रहेका छन् ।

प्रधानमन्त्री ओलीले सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले सफ्ट र सुझावसहितको स्पष्टीकरण दिएको बताएका छन् ।