काठमाण्डु – नेकपा एमालेले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई नेकपा एमालेले कारवाही गरेको छ । उनीहरुलाई सांसद पद नरहने गरी कारवाही गरेको हो । कारवाहीको विवरणसहितको पत्र मंगलबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइएको हो ।
शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै चुनाव चिह्नबाट विजयी भएको र वलीले पार्टीको विधान, संसदीय दलको विधान र नियमविपरीत गतिविधि गरेको भन्दै दुवैलाई सांसद पद नरहने गरी कारवाही गरिएको विवरणसहित सभामुखलाई पत्र बुझाइएको प्रदेशसभामा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालले बताए ।
अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए ।
यस्तै वली एमाले नेता उत्तमकुमार वलीको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएकी थिइन् ।





प्रतिक्रिया