काठमाण्डु – नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेका छन् ।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको भन्दै राजीनामा माग गरेका हुन् । ‘कुर्सीको गरिमालाई जोगाउन सकिँदैन, कुर्सीको महत्वलाई बुझ्न सकिँदैन भने, त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायकको हुँदैन । त्यसैले तत्काल सभामुखले राजीनामा दिनुपर्छ,’ श्रेष्ठले भने ।
सांसद श्रेष्ठले सभामुखले राजीनामा नदिए एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने बताए ।




प्रतिक्रिया