काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी सुरु गरेको छ ।
मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
सभामुखको भूमिका र एमालेबाट विभाजित भई गठन भएको एकिकृत समाजवादीका सांसदलाई लिएर संसदको नवौँ अधिवेशनदेखि नै एमालेका सांसदहरूले लगातार नाराबाजी गर्दै आएका छन् ।
आजको बैठकमा सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् । कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सभामुख सापकोटाले बोलाएको बैठकमा एमाले पनि सहभागी भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।




प्रतिक्रिया