एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

फाइल तस्विर ।

काठमाण्डु- एमालेको सचिवालय बैठक मंगलवार बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । पुस तेस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो ।

सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल हुने जनाइएको छ ।