सुदूरपश्चिम प्रदेशका तीन जना मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम प्रदेशका तीन जना मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको भन्दै उनीहरूसँग जवाफ मागिएको छ ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

तर बुधबार संसदिय दलको बैठकले भने केन्द्रको निर्देशनविपरीत माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।