एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक,बहुमत जुटाउन विपक्षी दलहरु असफल

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक,बहुमत जुटाउन विपक्षी दलहरु असफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष एंव सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे बोलाइएको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिंदैछ ।

एमालेकै नेता माधव नेपाल पक्षमा सांसदहरुले राजीनामा दिने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले स्थायी समिटी बैठक बोलाएका हुन । यद्यपी नेपाल समुहमा राजीनामा दिने सांसदहरु १० जना नकटेको स्रोतको दावी छ । जसले गर्दा माधव नेपाल अफ्ठेरोमा परेका छन् ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा विश्वासको मत गुमाएका थिए । उनले जम्मा ९३ मत पाएका थिए । जसपाको महन्थ ठाकुर पक्ष भने तटस्थ रहेको थियो । प्रधानमन्त्रीको विपक्षमा १२४ मत पाएको खसेको थियो ।

राष्ट्रपति भण्डारीले दलहरूलाई मिलेर बहुमतको सरकार बनाउन आज सांझ ९ बजेसम्मको समय दिएकी थिइन्। तर, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाभित्रको उपेन्द्र यादव पक्षले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन । बुधवार दिनभित्र दलहरुका बीचमा प्रयास भएपनि उनिहरुको कोशिस असफल भएको थियो ।

प्रधानमन्त्रीको लागी प्रयास गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल पक्षका २० जना सांसद नपुगेको र जसपाबाट २० जना सांसद आफुलाई समर्थन गर्न बुधवार सांझसम्म पनि तयार नभएपछि प्रधानमन्त्रीको दौडबाट पछाडी हटेको स्रोतको दावी छ ।

आज राती ९ बजेसम्म तीन दलले बहुमत जुटाउन नसकेको अवस्थामा संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्। त्यसपछि उनले ३० दिनभित्र संसदमा बहुमत जुटाउनुपर्नेछ ।