एमालेले बनायो समसामयिक राजनीतिक प्रस्ताव लेखन समिति

एमालेले बनायो समसामयिक राजनीतिक प्रस्ताव लेखन समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेको दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव लेखनका लागि पार्टीका सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

महाधिवेशनको बन्दसत्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति गठन गरिएको घोषणा गरेका छन्।

समितिको सदस्यमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुङ्गेल छन्।

समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक सचिव भट्टराईले बताए। एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको छ।