एमाले सुदूरपश्चिमका नेता कुँवर निष्कासित

एमाले सुदूरपश्चिमका नेता कुँवर निष्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु एमालेले सूदूरपश्चिमका बालगिरी कुँवरलाई पार्टीबाट निष्कासन गरेको छ ।

एमालेबाट निष्कासित भीम रावलको मातृभूमि जागरण अभियान नेपालमा लागेको भन्दै कुँवरलाई पार्टीबाट निष्कासित गरिएको हो ।

एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई निष्कासन गरिएको जानकारी दिएका हुन् ।

‘विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरी पार्टीको विरुद्धमा लागी भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित)को धारा ८१ को उप धारा १ बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको विज्ञप्तिमा भनिएको छ ।

एमालेले पार्टीबाट निष्कासन गरेपछि भीम रावलले नयाँ पार्टी निर्माणका अभियान सुरु गरेका छन् ।