एमाले युथ फोर्सको ‘भ्याली कमाण्ड’ घोषणा

एमाले युथ फोर्सको ‘भ्याली कमाण्ड’ घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केपी ओली निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले युथ फोर्सको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।

त्यसअघि युथफोर्सले हजारौंको संख्यामा मोटरसाइकल ¥यालीसहित वृहत मार्चपास गरेको थियो । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य भएको थियो ।