काठमाण्डु – आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
आज काठमाडौंमा नेकपा एमाले र राजावादीहरुको आन्दोलनलाई केन्द्रितगरी ७८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।
काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन् ।
नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।
एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने छ । त्यसैगरी राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।




प्रतिक्रिया