काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल र पूर्ण युद्धविरामका लागि अरब देशका नेताहरूलाई बगदादमा भेला हुन आह्वान गरेका छन् ।
इजरायलले गाजामा स्थलीय आक्रमण विस्तार गर्ने योजना बनाएकोमा चिन्ता व्यक्त गर्दै गुटेरेसले युद्धविरामको नयाँ प्रयास गरेका छन् ।
मिश्रको काहिरामा भएको अघिल्लो बैठकमा अरब राष्ट्रहरूले गाजाको पुनर्वासमा प्रतिबद्धता जनाएका थिए । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले गाजा र लेबनानको पुनर्निर्माणका लागि ४ करोड डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
अलजजिराका अनुसार बिहीबारयता इजरायली आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको छ भने हालसम्म ५३ हजार प्यालेस्टिनी मारिएका छन् । १० हप्तादेखिको इजरायली नाकाबन्दीबीच मानवीय सहायता पुर्याउन र नाकाबन्दी हटाउन इजरायलमाथि उसका सहयोगी राष्ट्रहरू र अमेरिकाबाट दबाब बढिरहेको छ ।
प्रतिक्रिया