ऊनको स्वीटरले पहिलो हप्तामा कमायो ६ करोड

ऊनको स्वीटरले पहिलो हप्तामा कमायो ६ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवीन चौहान निर्देशित फिल्म ऊनको स्वीटरले पहिलो साता राम्रो व्यापार गरेको छ। वैशाख २६ गते रिलिज भएको यस फिल्मले पहिलो साता ५ करोड ७५ लाखको व्यापार गरेको हो।

निर्माण टिमले पहिलो साताको कमाइ सार्वजनिक गर्दै दर्शकलाई धन्यवाद दिएको छ। शुक्रबारदेखि यो फिल्मको प्रदर्शन दोस्रो सातामा प्रवेश गरेको छ।

फागुन २९ गते रिलिज भएको अञ्जिलापछि कुनै पनि नेपाली फिल्मले बक्स अफिस उछाल ल्याउन सकेका थिएनन्। यस्तो अवस्थामा ऊनको स्वीटरले बक्सअफिस तताएको छ।

आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मले नेपालभर दर्शकहरुको राम्रो साथ पाइरहेको छ। साथै दोस्रो हप्ताबाट निर्देशक र कलाकारहरु हलभिजिटका लागि देशभर पुग्नेछन्।

नवीन चौहानको लेखन रहेको यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ।