तीनै सुरक्षा निकायका प्रमुखहरू असार दोस्रो हप्ता न्युयोर्क जाने

तीनै सुरक्षा निकायका प्रमुखहरू असार दोस्रो हप्ता न्युयोर्क जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चौथो संयुक्त राष्ट्र प्रमुख प्रहरी शिखर सम्मेलन (यूएनसीओपीएस) मा सहभागी हुन नेपालका तीनै सुरक्षा निकायका प्रमुखहरू न्युयोर्क जाने भएका छन् ।

शान्ति कार्यका लागि संयुक्त राष्ट्रका उपमहासचिव जीन–पियरे ल्याक्रोइक्सको निमन्त्रणामा शिखर सम्मेलनमा सहभागी हुन सुरक्षा निकाय प्रमुखहरू असार दोस्रो हप्ता जाने भएका हुन् ।

न्युयोर्कमा जुन २६ र २७ गते शिखर सम्मेलन हुँदैछ ।

सम्मेलनमा नेपाल प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी हुने गृह मन्त्रालय स्रोतले जनाएको छ ।