काठमाण्डु – संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्कोले हिन्दूहरूको ठुलो पर्व तिहार अर्थात् दीपावलीलाई युनेस्कोको ‘अमूर्त सांस्कृतिक विरासत’ सूचीमा समावेश गरेको छ ।
युनेस्कोले सामानिक सञ्जाल एक्स मार्फत यसको जानकारी दिँदै बधाई दिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले पनि यसबारे जानकारी दिएका छन् । उनले एक्समा लेखेका छन्, ‘खराबमाथि असलको विजय र भगवान् रामको अयोध्या आगमनको प्रतीकका रूपमा संसारभर मनाइने दीपावली पर्वलाई युनेस्कोको अमूर्त सांस्कृतिक विरासत सूचीमा समावेश गरिएको छ ।’
युनेस्कोको वेबसाइटअनुसार यस सूचीमा ती परम्परा र जीवित अभिव्यक्तिहरू समावेश हुन्छन्, जुन हाम्रा पुर्खाबाट प्राप्त भई पुस्तान्तरण हुँदै भावी पुस्तासम्म पुग्छन् ।
यससँगै दीपावली यस्तो प्रकारको सम्मान पाउने १६औँ परम्परा बनेको छ ।
यस पटक युनेस्कोले हैटीको ‘कम्पास’, आइसल्यान्डको ‘स्विमिङ पुल संस्कृति’, इराकको सामाजिक परम्परा ‘अल मुहैबिस’, जोर्डनको ‘अल–मिहरास ट्री’, कुवेतको ‘दिवानिया’, घानाको ‘हाइलाइफ’ लगायत विभिन्न देशका परम्पराहरूलाई पनि यस सूचीमा समावेश गरेको छ ।





प्रतिक्रिया