एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । केहिबेर अघिबाट ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । आइतबारसम्म चल्ने यस बैठकका एजेण्डा शुक्रबार नै स्थायी कमिटीबाट तय भइसकेका छन् ।

उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ । आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।