देउवा सरकारसँग तीन विषयमा काम गर्न इच्छुक छौं : राष्ट्रसंघ

देउवा सरकारसँग तीन विषयमा काम गर्न इच्छुक छौं : राष्ट्रसंघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – संयुक्त राष्ट्रसंघले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारँग काम गर्न इच्छुक रहेको बताएको छ ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयकी निर्देशक सारा बिसोलो न्यान्तीले बधाई दिँदै देउवा सरकारसँग तीन विषयमा काम गर्न इच्छुक रहेको बताएकी हुन् ।

उनले कोभिड–१९ महामारी, अल्पविकसित मुलुकबाट स्तरोन्नती र सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग मिलेर काम गर्न राष्ट्रसंघ तयार रहेको बताएकी छन् ।

सर्वोच्च अदालतले सोमबार संसद पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो । सोही आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार राष्ट्रपतिमा नियुक्त गराएकी थिइन् ।