संयुक्त राष्ट्रसंघद्धारा नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

संयुक्त राष्ट्रसंघद्धारा नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघ (यूएनओपीएस)ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

उक्त सामग्री यूएनओपीएसको कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच यूएनओपीएस नेपालका कन्ट्री डाइरेक्टर चार्लस क्यालानानले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु–कभर, ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन(सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन रहेका छन् ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले यूएनओपीएसले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा नेपाल प्रहरी र यूएनओपीएस बिचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे ।

कन्ट्री डाइरेक्टर चार्लस क्यालानानले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए । नेपाल प्रहरीलाई आवश्यक साथ र सहयोग प्रदान गर्नका लागि आफू सदैव तत्पर रहेको उनले उल्लेख गरे । उक्त अवसरमा प्रहरी अधिकृत तथा यूएनओपीएसका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।