युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाउने

युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – युनिभर्सल मेडिकल कलेजले विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्ने भएको छ । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आइरहेका आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच शनिबार राति ६ बुँदे सहमति भएको हो ।

सहमतिमा शैक्षिक वर्ष ०७५–७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिस्ट्रसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने उल्लेख छ ।

त्यस्तै ०७४–७५ मा विद्यार्थीहरूले पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइसकेकाहरुको हकमा त्रिवि रजिष्टेसन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने निर्णय भएको छ ।

शनिबार राति १२ बजे भएको सहमतिपत्रमा कलेजका तर्फबाट अजयकुमार पीएस र सन्तोषकुमार बीएन र विद्यार्थीका तर्फबाट अशोक छत्कुली, रूद्रनारायण शाह, राजेश पौडेल, सुभाष झालगायत १५ विद्यार्थीको हस्ताक्षर छ ।