मध्य–पश्चिमाञ्चल विश्वविद्यालय र हपेई विश्वविद्यालयबीच सम्झौता

मध्य–पश्चिमाञ्चल विश्वविद्यालय र हपेई विश्वविद्यालयबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मध्य–पश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हपेई अर्थशास्त्र तथा वाणिज्यविश्वविद्यालय, सिजियाच्वांङग, चीनबीच शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

०७७ असार ०२ गते मध्य–पश्चिमाञ्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्गद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उप–प्राध्यापक एवं सुचना तथा संचार प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।

‘उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई सम्झौता मिति पश्चात सौहार्दपूर्ण तवरले दिर्घकालिन रुपमा लागुहुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ’ उप–प्राध्यापक भट्टले भने, ‘यो सहकार्य पश्चात दुइटै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गरिनेछ जस अन्तर्गत दिर्घकालिन तथा समग्र सहयोगको परिधि अन्तर्गत रहेर बैज्ञानिक अनुसान्धान, शैक्षिक संस्था संचालन तथा भिजिटिंग स्कलर आदान प्रदान हुनेछ ।’

यसै गरि शैक्षिक पठन–पाठन सुधार तथा सिकाईका लागि उपयुक्त प्राध्यापकहरु समेत विश्वविद्यालय बिच आदान प्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालय अन्तर्गत रहेका बिभाग तथा स्कुलहरु बिच समेत नजिकवाट सहकार्य हुनेछ । यो सम्झौता पश्चात दुइटै विश्वविद्यालयले आफ्ना विद्यार्थीहरु सम्बन्धित विषय अन्तर्गत रहेर ट्रान्सफर गरि पढ्न सक्नेछन् जसले गर्दा उनीहरुको सिकाई सुधार तथा अन्तरराष्ट्रिय शिक्षामा समेत पँहुच पुग्ने कुरा उनले बताए ।

यो सम्झौतामा आधारित रहेर सहकार्यको प्रभावकारिता र उपयोगिताको दायरा लाई अझै फराकिलो पार्नका लागि अन्य सम्झौता समेत गर्न सकिने प्रावधान रहेको छ । जुन उच्च अधिकारीहरु संवाद, भ्रमण तथा छलफल मार्फत गरिने कुरा उल्लेख गरिएको छ ।

सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, कानुन मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रविधि समेत विषेश अध्यन–अध्यापनका क्षेत्र हुन् । यो सहकार्य पश्चात मध्य–पश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।