काठमाडौं – विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन अथवा मिस्डकल आएर हैरान हुनुहुन्छ ? हुनुहुन्छ भने सावधान !
नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन कल नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि दुरसञ्चार प्राधिकरणले बिहीबार त्यस्ता अपरिचित नम्बरहरूबाट आउने कलहरू नउठाउन तथा कलब्याक नगर्न र त्यस्ता नम्बरहरूबाट फोनकल आएको खण्डमा प्राधिकरणलाई जानकारी गराउन भन्दै सम्बन्धित सबैमा सार्वजनिक सूचना जारी गरेको छ ।
पछिल्लो समय विदेशका अपरिचित नम्बरहरूबाट फोन आउन थालेपछि मोबाइल प्रयोगकर्ताहरूले हैरानी बेहोरेका छन् भने कति त ठगिने गरेका छन् ।
विदेशका अपरिचित नम्बरबाट फोन आउने समस्यामा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले यसको रोकथामको पहल गरिसकेको प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया