दक्षिणी सुडानमा राष्ट्र संघीय मिसनको प्रवेशपछि सौहार्दपूर्ण अवस्था


एजेन्सी- वइनी किबुल उगान्डाको सीमातर्फ मागवीबाट त्यस्तै ६० किलोमीटरको दुरीमा रहेको छ । यो शान्तिपूर्ण गाउंको रुपमा रहदैँ आएको थियो । यो भन्दा ५ वर्ष अगाडि वरपरको क्षेत्रमा न्याचिगाक सैन्य प्रतिष्ठान र तालिम केन्द्रको स्थापना गरिएको थियो । दक्षिणी सुडानमा संयुक्त राष्ट्र संघीय मिसनको पछिल्लो प्रवेशपछि पहिले हराएको सौहार्दपूर्ण अवस्था पुनः स्थापित भएको छ ।

समुदाय र सेनाबीचको सम्बन्ध तिक्ततापूर्ण भएकाले आफ्नो क्षेत्र विकास गर्ने त्यहाँका मानिसको उद्देश्य पुरा नहुने सपना जस्तै भएको थियो । जमिन खोस्ने र सेनासँग रहेको बस्तुभाउले बाली नस्ट पार्ने भएकालो द्वन्द्वको अवस्था पैदा भएको थियो । जब घर, पसल र बारहरु नष्ट गरियो कतिपय महिला, बालबालिका र वृद्ध–वृद्धाहरु उगान्डाको पालाबेक शरणार्थी क्याम्पमा बस्न थाले ।

“हामी महिला र बालबालिका सधै झाडिमा बस्थ्यौ । हामीले कहिलेपनि आराम गर्न पाउंदैनथ्यौ । त्यसैले हामी सीमातर्फ गयौ,” वइनी किबुलकी एक महिला प्रतिनिधि आचेन ग्रेस मागोकले बताइन् । “आज समस्या समाधान भएको जस्तो लागेको छ । हामीले पुनः आफ्नै गाउको घरमा बस्ने आस गर्ने वातावरण आएको छ,” उनको भनाई थियो ।

यही तनावका कारण जुबामा रहेको क्रिश्चियन राहातसँगको सहकार्यमा संयुक्त राष्ट्र संघीय शान्ति स्थापनार्थ मिसनले उक्त क्षेत्रमा तीन दिने फोरमको आयोजना गरेको छ । यसमा त्यस्तै ८० महिला, युवा, बुढाबुढी, जमिनदार, प्रमुख, धार्मिक नेता र सैन्य अधिकारी सहभागी भएका थिए । रक्तपातको प्रमुख कारण र सम्बन्ध सुधार गर्न के गर्नुपर्छ भन्नेतर्फ जानु भन्दा पहिले सहभागीहरुलाई द्वन्द्व व्यवस्थापनको सीपको बारेमा जानकारी गराइएको थियो ।

“हामी लामो अवधिसम्म आत्मिय वातावरणमा बसेका थियौ । प्रमुख र प्रशासकबीचको गलत बुझाइका कारण द्वन्द्वको अवस्था पैदा भयो,” न्याचिगाकका सैन्य एकेडेमीका डेपुटी कमाण्डर माइकल अउर माविलले बताए । मैले मागवी काउन्टी आयुक्तलाई हामीसँगको सम्बन्धमा सहजता स्थापित गर्न सक्ने असल समुदाय नेता नियुक्त गर्न भने ।

विवादित पक्षहरुले नागरिक र अन्य सशस्त्र बललाई संयुक्त निगरानी गर्न र सैन्य प्रयोगका लागि पर्याप्त मात्रामा जमिन उपलव्ध गराउन सहमत हुनका लागि सुझाव दियो । स्थानीय निकायले क्षेत्रबाट बस्तु हटाउनका लागि समिती स्थापना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement