काठमाण्डु – राप्रपा त्यागेका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार अपरान्ह कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमन्त्री थापालाई कांग्रेसमा स्वागत गरेका हुन् ।
कार्यकर्तासहित राप्रपा छोडेर आएका थापालाई कांग्रेसको सहमहामन्त्री बनाउने सहमति भएको छ । थापा राप्रपा संस्थापक अध्यक्ष स्व.सूर्यबहादुर थापाका छोरा हुन् ।




प्रतिक्रिया