काठमाण्डु– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याललाई नियुक्त गरिएको छ।
बुधबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले प्राध्यापक अर्याल, खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्। १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।




प्रतिक्रिया