स्थानीय तह उपनिर्वाचन : २५ वटा दल दर्ता (सूचीसहित)

स्थानीय तह उपनिर्वाचन : २५ वटा दल दर्ता (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन्।

निर्वाचन आयोगले आइतबार २५ दलको सूची प्रकाशित गरेको हो । असोज १० गते देखि १६ गते सम्म दर्ता हुन आएकामध्ये २५ दल उपनिर्वाचनका लागि योग्य रहेको आयोगले जनाएको छ ।

आयोगले प्रकाशित गरेको सूचीअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी उपनिर्वाचनका लागि दर्ता भएका छन्।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि प्रतिस्पर्धा गर्नेछन्।

नागरिक उन्मुक्ति पार्टी, नेसनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि छन्।

रास्वपा पहिलोपल्ट स्थानीय चुनाव भिड्दै छ।