स्थानीय तह उपनिर्वाचन : काठमाडौं-१६ मा सवैभन्दा कम मत खस्यो

स्थानीय तह उपनिर्वाचन : काठमाडौं-१६ मा सवैभन्दा कम मत खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए ।

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा साढे २० हजार मत खसेको छ।

सुदूरपश्चिमका ५ स्थानमा ५७ प्रतिशत, गोरखामा ६२ प्रतिशत, सप्तरीको डाक्नेश्वरीमा ६९.४३ प्रतिशत, रुकुमपूर्वको पुथा उत्तरगंगामा ५१ प्रतिशत, मुसिकोट–१मा ५४ प्रतिशत मत खसेको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।