काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनको क्षेत्र सार्वजनिक गरेको छ ।
आयोगले ४७ जिल्लाका लागि प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, उपमहानगरपालिका प्रमुख–१, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१, वडाध्यक्ष–४१ सहित ५० पदका लागि निर्वाचन गर्न लागेको हो ।
गत फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की–२ सहित ५० पदका लागि निर्वाचन हुन लागेको हो ।
दाङ–३ ‘ख’ बाट प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तमकुमार ओलीको सवारी दुर्घटठनामा निधन भएपछि उक्त स्थानको पद खाली छ । त्यस्तै भक्तपुर–१ ‘ख’बाट निर्वा्िचत प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङ–२ ‘ख’बाट निर्वा्िचत राष्ट्रिय जनमोर्चाका सांसद टेक बहादुर घर्तीको निधन भएपछि यो क्षेत्रमा पनि खाली छ ।





प्रतिक्रिया